गजल६४, अनिदोमा साथी मेरो ....

अनिदोमा साथी मेरो रात छ म संग !
गोर्खा हुँ म रक्षा गर्ने जात छ म संग!१!

चिठ्ठी पत्र कयौं चोटी उन्ले पठाएको!
हृदयमा राखेको छु खात छ म संग !२!

बिछोडमा बस्नु पर्दा याद बिहोसीमा !
पिडा सबै कम गर्ने मात छ म संग !३!

एक्लै बस्छु साथी बिना पकाउछु एक्लै!
शरीरको भोक मेट्ने भात छ म संग !४!

हौसला छ अगी बढ्ने जिन्दगानी हाँक्ने!
देवता ले दिएको यो हात छ म संग !५!

प्रकाशमणि खनाल
गोलधाप-४ झापा

टिप्पणियाँ