गजल७५, बाले आज विवाह को.....
बाले आज बिवाहको कुरा छर्या छन !
धान मकै भकारी मा धेरै भर्या छन !१!
भागी हिडौं एकान्तमा नत्र मेरा बाले!
अर्कै केटा खोजि रोजी जोर गर्या छन!२!
माया गर्ने भए देखि आजै लगि हाल!
नत्र भने माग्ने हरु एतै सर्या छन !३!
तिमी बिना बाँच्न पनि सग्दिनहै मत!
सबै केटा पछी लागि किन मर्या छन!४!
के गर्नु म सानै देखि हुर्काउदै मा ले !
सुख दिदै दुःख जति सबै हर्या छन !५!
प्रकाशमणि खनाल
गोलधाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि