गजल २९ घुम्टो तिमी उघारन...

घुम्टो तिमी उघारन हेर्छु एक चोटी।
जाने भए लुजाउ म बेर्छु एक चोटी।१।

छोड्दीन साँझ सम्मत डोलिलाइ तिम्रो।
चुम्मा पपी नखाइ म घेर्छु एक चोटी।२।

चिठ्ठी सधैँ पठाउछु रात साँझ जैले।
ऐले तिमी गए पछि केर्छु एक चोटी।३।

मेरो भने तिमी हउ पर्ख पर्ख माया।
तिम्रोचिनो अझैछ म फेर्छु एक चोटी।४।

संगै तिमी सधैँ बस राख पास लोग्ने।
जाऊ खुशी तिमी हुनु टेर्छु एक चोटी।५।
छन्द बेहुली
SSI SIS IIS ISI SS

प्रकाशमणि खनाल
गोल्धाप-४ झापा

टिप्पणियाँ