गजल-८६ हे बादल नछोप जुन....
हे बादल नछोप जुनलाई।
सितारको मधुर धुनलाई।१।
बनिकन भँमरा रस चुसी।
मतलबी नखोज हुनलाई।२।
धडकन मुटुको रोकाएर।
हृदयमा नआउ छुनलाई।३।
मायाँ मात्र सरेर नलगाउ।
पछुताई सम्झेर रुँनलाई।४।
जिन्दगानी मधुर बनाउँछ।
मायाँ गर चाँदको गुनलाई।५।
प्रकाशमणि खनाल
गोल्धाप- ४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि