गजल- आकाशको छानो....

आकाशको छानो चुँदा छाती भरि देश दुख्छ।
बाल बच्चा संगै रुँदा छाती भरि देश दुख्छ।१।

मेरो राष्ट्र हेर्छु अनि सधैं बस्छु झुपडी मा।
छिमेकीको शान हुँदा छाती भरि देश दुख्छ।२।

अँध्यारो छ जिन्दगानी जस्तै मेरो घर गाउँ।
झुपडी खर कुहुँदा छाती भरि देश दुख्छ।३।

रोजगार छैन यहाँ पसिना को मुल्य बिना।
रगतको खस्दा बुँदा छाती भरि देश दुख्छ।४।

गरीब को बस्ती भित्र अन्न छैन पेट भरी।
धनाढ्यले मणि छुँदा छाती भरि देश दुख्छ।५।

@प्रकाशमणि खनाल
गोल्धाप- ४ झापा

टिप्पणियाँ