गजल-४६, फुलमा जल हालेर.....
फुलमा जल हालेर फुलाएर आएँ !
परिवार सबै लाइ रुलाएर आएँ !१!
मुगलानि भएकोछु जगाएर आशा!
धनमा मनलाई म डुलाएर आएँ !२!
मनमोहक बच्चाहरु खेलाइ आफै !
बस है भनि कोक्रो म झुलाएर आएँ!३!
सब जाँगर मैले त मनैमा बनाई !
झरना बनि बाटो म खुलाएर आएँ!४!
भगवान यि माटो मनमा आज राखी!
धनले सहजै हात बुलाएर आएँ !५!
छन्द उदपान
IIS IIS SII SSI SS,
प्रकाशमणि खनाल
गोलधाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि