गजल १९ हृदय मा उनि राखी.....

हृदय मा उनि राखी माया लाएँ आज।
मेरो माया जीवनमा बल्ल पाएँ आज।१।

सानो मेरो कुटिलाई ओत लाग्न मैले।
संगै बस्ने दुःख सुख घर छाएँ आज।२।

बेसी झरी मेलापात सबै भ्याए पछि।
उनी संगै सागसिस्नु मैले खाएँ आज।३।

सुनाउदै उनी लाई संगितमा साँझ।
उन्को रुप गजलमा मैले गाएँ आज।४।

खुशी छरी बिताउँछु जिन्दगानी मेरो।
रिस राग द्वेश क्लेश सबै दाएँ अाज।५।

प्रकाशमणि खनाल
गोल्धाप-४ झापा

टिप्पणियाँ