गजल-१८ उनी लाई मेरो मायाँ झुठो...
उनी लाई मेरो मायाँ झुठो जाली भो।
फुलबारी गोड्ने आज अर्कै माली भो।१।
फसल त्यो लगाएको वर्ष दिन मा।
अनायासै परायाको मुटु बाली भो।२।
हरियाली सुक्दै गयो आफ्नै बगैंचा।
फुल झरी रित्तिएको माया डाली भो।३।
शराब त्यो पिलाएर मेरो जिन्दगी।
अचेतमा मुटु झिकी तन खाली भो।४।
कतै बाट आएन त्यो कुनै "प्रकाश"।
अँध्यारोमा जिन्दगानी यसै पाली भो।५।
@प्रकाशमणि खनाल
गोल्धाप- ४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि