गजल-३२ पागलको समुहमा....
पागलको समुहमा मलाई सारे हुन्छ।
अशिक्षित वर्ग भित्र मलाई पारे हुन्छ।१।
समाज को उठाउछु कुरा विकृतिका।
जरो मेरो खनिखनि रुख झारे हुन्छ।२।
समय यो रोकिंदैन, सारा जिन्दगानी।
सक्छौ भने नदिबाट तिम्ले तारे हुन्छ।३।
न गर भो सहयोग समाज मा तिमी।
शत्रु मेरो बनिकन मलाई नारे हुन्छ।४।
ज्योतिमय प्रकाशको जिन्दगानी आत्मा।
कसो गर्दा ज्ञान मिल्छ खोजिचारे हुन्छ।५।
@प्रकाशमणि खनाल
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि