गजल-४१ निस्ठुरी को मुटु....
निस्ठुरी को मुटु भित्र केहि डर हुन्न !
भिजाउछ आँखा ओतलाग्ने घर हुन्न!१!
धोका घात खाइ तड्पीने छौ तिमी !
नगर भो माया यहाँ कुनै भर हुन्न !२!
खुशियाली सुख पनि सापटीमा गर्ने!
स्वार्थी को मुटु मा कतै रहर हुन्न !३!
अमवास्य रात्री जस्तै पुरै जिन्दगीमा!
अँध्यारो हास्न सक्ने कहीं शहर हुन्न!४!
चोखो माया मात्र गर अमर बाटोमा !
जिन्दगीको माया मात्र कुनै थर हुन्न!५!
@प्रकाशमणि खनाल
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि