गजल- लीला अपारै छ....
आशा राख्छु सधैँ यहाँ लहरमा लीला अपारै छ यो।
बोली हुन्न मिठो झनै जहरमा लीला अपारै छ यो।१।
बिर्से देश यहाँ मिठो जगतमा स्वार्थी बनेको सबै।
मान्छे पुग्छ सधैँ जसो शहरमा लीला अपारै छ यो।२।
दोषारोपण आजको मुलुकमा नेता पछाडी परे।
हाम्रो छैन कुनै कुरा ठहरमा लीला अपारै छ यो।३।
पन्छी आज अगी अगी गगनमा उड्ने पखेंटा लिदैं।
आयो छन्द नयाँ नयाँ बहरमा लीला अपारै छ यो।४।
छन्द शार्दुलविक्रिडित
SSS IIS ISI IIS SSI SSI S
प्रकाशमणि खनाल
गोल्धाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि