गजल-माया नमान खेलाचि...

माया नमान खेलाचि मुटु चुडाउँछ।
नशा शराब पिलाई शास छुटाउँछ।१।

आत्मा हटाई शरीर मुडो जलाउँदै।
आगो लगाई खरानी माथी उडाउँछ।२।

इच्छा मारेर सदियौं जब जीवनमा।
बन्छ पागल सहजै केश मुडाउँछ।३।

दुःख सुखको सयोगी जान परिवार।
आफ्नै पनको घरमा सधैं जुधाउँछ।४।

माया सरिको जीवन घरिघरि सधैं।
धोका बनेर सारथी रथ गुडाउँछ।५।

प्रकाशमणि खनाल
गोल्धाप-४ झापा

टिप्पणियाँ