गजल-मान्छे सधैं...

मान्छे सधैं सौन्दर्यको पिछा गर्छ किन।
यति राम्रो जिन्दगानी कस्ले हर्छ किन।१।

अद्वितिय परमात्मा बिर्से पछि यहाँ।
जवानी मा जता ततै मन चर्छ किन।२।

बाँच्ने आशा भए पनि आयु ढलाएर।
तनबाट सुक्ष्म जीव अन्त सर्छ किन।३।

पुण्यकर्म समाप्त जो भए पछि जीव।
स्वर्ग बाट इह लोक किन झर्छ किन।४।

ज्ञान बाटो अपनाए आत्मा परमात्मा।
मोक्ष मिल्छ झुठो हैन मान्छे मर्छ किन।५।

प्रकाशमणि खनाल
गोल्धाप-४ झापा

टिप्पणियाँ