मन्द मन्द बगिरने वायु..
मन्द मन्द बगिरने वायु चलेन।
सधैँ जसो संगै हुने रात ढलेन।१।
अन्धकार रात भरि जुन किरिको।
किनकिन उस्को तन बत्ति बलेन।२।
अध्यारोछ जताततै मन औंसीमा।
काल रात्री चाँद संग आज जलेन।३।
दोबाटोमा सुनसान सधैँ सुनेको।
आवाज झिउँकिरिको अझै गलेन।४।
बिछोड मा घुमाएर यहाँ जीवन।
मुटुभित्र दुखियाको पिडा छलेन।५।
प्रकाशमणि खनाल
गोल्धाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि