गजल, नगर भो सुन्दिन म कुरा.....
गजल
नगर भो सुन्दिन म कुरा विकृतिका।
सडकमा नसा लिने भुरा विकृतिका।
समय यो बिताउदै, तिम्ले नजानेर।
भयो गफ बकम्फुसे झुरा विकृतिका।
समाजको चोर फटा उत्थानमा पनि।
कुरा गर्छन् बाधक को छुरा विकृतिका।
केहि गर्न नसकेर ,.आत्म बल झारी।
व्यर्थै बस्छौ कुरा गर्छौ लुरा विकृतिका।
युवाशक्ति जागौं उठौं अब समाजमा।
नियन्त्रण गरौं सबै ,.पुरा विकृतिका।
प्रकाशमणि खनाल
गोल्धाप ४ झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि