गजल, हजुरको आशिर्वाद.....
हजुरको आशिर्वाद लिन पाईन आमा ।
यसपाली दशै मा म घर आईन आमा।१।
रमाईलो छैन यहाँ निधार खालि मेरो ।
जमरा र रातो टिका मैले लाईन आमा।२।
सानिध्य हजुर को यहाँ छैन मेरो साथ।
कस्ले दिन्छ सेलरोटी मैले खाईन आमा।३
दिन भरि कामै मात्र छुट्टि न मिलेर याँ ।
मुग्लानमा भैलो गीत मैले गाईन अामा।४
मनाएको चाड पर्व म बस्छु याद गरि।
रमाईलो गर्न यहाँ ,कतै धाईन आमा।५।
प्रकाशमणि खनाल
गोल्धाप ४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि