पैसा
पैसा जीवन हो शरीर मनको उर्जा जवानी बल। पैसामै छ कयौँ यहाँ जगतमा धोकाधडीका छल॥ पैसा शक्ति बनेर आज उभियो ढल्नै नसक्ने गरी। पैसामै कति चाकडी कति हुने हे रोजगारी भरी॥ पैसाले जन हेर इज्जत यहाँ सम्मान पाए कति। पैसाले अपमान जीवन भरी पीडा कमाए कति॥ पैसाले कतिका कयौँ घरहरू पूर्जा उडाए कति। पैसाले उपहार निम्न कविले पाए समाए कति॥ पैसा हेर्न विदेशमा कति पुगे त्यागे जवानी पल। पैसा राख्न र छाक टार्न नसके पाइन्न राम्रो फल॥ पैसा बन्धन हो भनेर कतिले त्यागे सुखी जीवन। आफ्नै श्राद्ध गरेर सन्त कतिले साधा बनाए तन॥ पैसाले न त छोड्न सक्दछ यहाँ दौडेर भागे पनि। एकै ठाउँ न हेर्छ चिन्दछ यहाँ बस्दैन राखे पनि॥ पैसाले कतिका उजाड मनमा भर्दैछ माया कति। पैसाले कतिका अभाव मनमा गर्दैछ हिंसा कति॥ पैसाको वशमा परेर कतिले ज्यानै गुमाए कति। पैसाको लतमा परेर कतिले आफ्ना गुमाए कति॥ पैसामा कति...